Election Result

hero_image

महाविर पुनकाे सानाे सुझाब सिन्धुलीबासीलाई

    “सिन्धुलीबासीहरुलाई सानो सुझाब छ। मनमा पाप छैन, रिसानी माफ होस्। सिन्धुली जिल्लालाई जुनारको जिल्ला भनेर घोषणानै गर्नु भएको रहेछ। एकदम राम्रो घोषणा गर्नु भएको छ। अनि जुनारको जिल्ला भनेर चिनाउन सिमेन्ट, बालुवा, छड र रंग प्रयोग गरेर जुनार स्तम्भ र रुखहरु पनि बनाउनु भयको रहेछ। यो बनाउन कति खर्च गर्नु भयो कुन्नि ? १० देखि १५ लाख रुपैंया त पक्कै लाग्यो होला नि। त्यस्तो राम्रो चिज बनाउंदा पैसा त लाग्ने नै भयो नि।

तर मैले भन्न खोजेको कुरा अर्कै छ। गत हप्ता सिन्धुलीका केहि जुनार किसानहरु राष्ट्रिय आविष्कार केन्द्रमा आउनु भयो र त्यहाँ उत्पादन भएको जुनारलाई धुएर सफा गर्ने, सुकाउने, ग्रेडिंग गर्ने र प्याकिङ्ग गर्ने मशिन बनाउन अनुरोध गर्नु भयो। उहाँहरुले नेपालको जुनार तिब्बतमा निर्यात गर्ने योजना बनाउनु भएको रहेछ।

तिब्बत बाहेक सिन्धुलीको जुनार अन्य मुलुकहरुमा पनि निर्यात गर्न सकिने कुरा बताउनु भयो। उहाँहरुको उत्साह देखेर मैले पनि त्यो मशिन बनाउने काममा राष्टिय आविष्कार केन्द्रले उहाँहरुको प्राबिधिकहरुलाई सहयोग गर्ने र सामानहरु उपलब्ध गराउने कुरा भनेको छु। आविष्कार केन्द्रमा सिन्धुलीको जुनारको दुईवटा ड्रममा वाईन बनाएर परिक्षण पनि गरिंदैछ।

सिमेन्टको स्तम्भ र रुख बनाउनुका साथै जुनार उत्पादन गरेर त्यसलाई प्रोसेसिङ्ग गर्ने र बिदेशमा निर्यात गर्ने काममा पनि खर्च गर्नु होला भन्ने बिनम्र अनुरोध छ। अनि सिन्धुली जिल्लालाई जुनारको जिल्ला भनेको सुहाउँछ। एउटा मशिन बनाउन १०, १५ लाख नै ता लाग्ला नि।”



Post a Comment

0 Comments

Clients

ICT COMPUTER TRAINING CENTER

MARIN MULTIPLE CAMPUS

MARIN KHAYARSAL SCHOOL

AAROHAN MEDICAL HALL

RADIO MARIN

Quick Links