बागमती प्रदेश भित्रका विद्यालयहरुवाट २०७७ सालको एस.ई.ई. परीक्षामा सामेल भएका विद्यार्थीहरुको एस.ई.ई. प्रमाणपत्रहरुमा नाम /थर /जन्ममिति/ हिज्जे सच्याउनुपर्ने भएमा सम्बन्धित विद्यार्थीहरूले देहायका कागजातहरु सहित २०७७ सालको एस.ई.ई परीक्षाको नतिजा प्रकाशन भएको मितिले छ महिना भित्र निम्न कागजातहरु सहित शिक्षा विकास निर्देशनालय बागमती प्रदेश हेटौडामा निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।


अनिवार्य सम्लग्न गर्नुपर्ने कागजातहरु

१. नेपाली नागरिकला वा जन्मदर्ता प्रमाणपत्र प्राप्त गरेको जिल्लाका प्रमुख जिल्ला अधिकारीले गरेको | निर्णयको सक्कल पर्चा (फैसला) (पर्चामा सम्बन्धित विद्यार्थीको नाम, थर, जन्ममिति, रजिष्ट्रेसन नं र सिम्बल नम्बर उल्लेख गरी हालसालै खिचेको फोटोमा प्रमख जिल्ला अधिकारीको सहीछाप हनुपर्नेछ) 

२. नेपाली नागरिकता वा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि 

३. सक्कल ग्रेडसिट र प्रमाणपत्र 

४. एस. ई.ई परीक्षाको प्रवेशपत्रको प्रतिलिपि 

५. बुवा / आमाको नेपाली नागरिकताको प्रतिलिपि (थर संशोधन गर्नुपर्ने विद्यार्थीका हकमा) 

थप जानकारीका लागि यस निर्देशनालयको फोन न 057-527104 मा सम्पर्क राशुहोला ।