hero_image

मरिण गाउँपालिका “PAN उत्कृष्ट गाउँपालिका पुरस्कार २०८२” बाट सम्मानित हुने

 मरिण गाउँपालिका “PAN उत्कृष्ट गाउँपालिका पुरस्कार २०८२” बाट सम्मानित हुने

शिक्षा क्षेत्रमा देखिएको प्रगतिशील नेतृत्वको उच्च मूल्याङ्कन

मरिण सिन्धुली, जेठ १२,  शिक्षा क्षेत्रमा देखिएको सक्रिय नेतृत्व, नवीन कार्यशैली र गुणस्तरीय प्रगतिका आधारमा मरिण गाउँपालिका (सिन्धुली) लाई प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (PAN) द्वारा प्रदान गरिने “PAN उत्कृष्ट गाउँपालिका पुरस्कार २०८२” बाट सम्मानित गरिने भएको छ।

प्रा.डा. विद्यानाथ कोइरालाको अध्यक्षतामा गठित मूल्याङ्कन समितिले निर्धारण गरेका २५ शैक्षिक मापदण्डहरूका आधारमा देशभरका गाउँपालिकाहरूको अध्ययन र विश्लेषण गर्दा मरिण गाउँपालिका बागमती प्रदेशकै उत्कृष्ट गाउँपालिकाको रूपमा चयन भएको हो।

यस सम्मानमार्फत मरिण गाउँपालिकाले पछिल्लो समय शिक्षा क्षेत्रमा गरिरहेका प्रयासहरू – विद्यालय व्यवस्थापनमा पारदर्शिता, शैक्षिक गुणस्तर सुधार, नवप्रवर्तनशील कार्यक्रमहरू र नेतृत्व विकासको पहललाई संस्थागत रूपमा मान्यता दिइएको छ।

पुरस्कार २०८२ जेठ २३ गते बिहान १०:०० बजे पोखरास्थित सभा गृहमा आयोजना हुने PAN दोस्रो राष्ट्रिय सम्मेलन २०८२ को अवसरमा प्रदान गरिने छ। सम्मेलनको मुख्य थिम “नेतृत्वका नयाँ परिभाषा : विद्यालय उत्कृष्टताका लागि परिवर्तनको अगुवाइ” (Redefining Leadership Dimensions: Pioneering Change for School Excellence) रहेको छ।

मरिण गाउँपालिकाका अध्यक्ष तथा सम्पूर्ण स्थानीय जनसमुदायले यस उपलब्धिलाई “सम्पूर्ण मरिणवासीको साझा सफलता” भन्दै खुसी व्यक्त गरेका छन्। यस सम्मानले आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माणका लागि थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।

Post a Comment

0 Comments

Clients

ICT COMPUTER TRAINING CENTER

MARIN MULTIPLE CAMPUS

MARIN KHAYARSAL SCHOOL

AAROHAN MEDICAL HALL

RADIO MARIN

Quick Links