hero_image

मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तानलाई वैदेशिक रोजगार उद्धार श्रमिक संघद्वारा सम्मान

  


मरिण, जेठ २१ गते, २०८२
वैदेशिक रोजगार उद्धार श्रमिक संघ नेपालले मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तान (प्रख्यात)लाई सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै एक विशेष समारोहका बीच भव्य स्वागत तथा सम्मान पत्र प्रदान गरेको छ।

सो कार्यक्रम  विशेष समारोहबीच सम्पन्न भएको हो। संघले अध्यक्ष मुक्तानको कार्यशैली, सामाजिक सेवा, श्रमिक कल्याण तथा वैदेशिक रोजगारमा पारदर्शिता र समन्वयात्मक भूमिकाको उच्च मूल्याङ्कन गर्दै सम्मान गरेको जनाइएको छ।

संघका अध्यक्षले मुक्तानको कार्यशैलीले समाजमा सकारात्मक परिवर्तन ल्याएको उल्लेख गर्दै यस्तो उदाहरणले अन्य स्थानीय तहहरूलाई समेत प्रेरणा मिल्ने विश्वास व्यक्त गरे। कार्यक्रममा संघका पदाधिकारीहरू, स्थानीय प्रतिनिधि, बुद्धिजीवी तथा हन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सम्मान ग्रहण गर्दै अध्यक्ष विमर्श मुक्तानले सबैको साथ, सहयोग र विश्वासले आफूलाई जनसेवामा लागिरहन प्रेरणा मिलेको बताउँदै भविष्यमा अझ जिम्मेवार भएर कार्य गर्ने प्रतिबद्धता जनाउनु भएको छ।



Post a Comment

0 Comments

Clients

ICT COMPUTER TRAINING CENTER

MARIN MULTIPLE CAMPUS

MARIN KHAYARSAL SCHOOL

AAROHAN MEDICAL HALL

RADIO MARIN

Quick Links