hero_image

मरिण गाउँपालिकालाई ‘शिक्षा क्षेत्रमा पान उत्कृष्ट गाउँपालिका पुरस्कार २०८२” उपाधि प्रदान

  


मरिण गाउँपालिकालाई ‘शिक्षा क्षेत्रमा पान उत्कृष्ट गाउँपालिका पुरस्कार २०८२” उपाधि प्रदान

मरिण, जेठ २३ — शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै सिन्धुली जिल्लाको मरिण गाउँपालिकालाई ‘शिक्षा क्षेत्रमा उत्कृष्ट गाउँपालिका’ घोषणा गरिएको छ।

नेपाल प्रिन्सिपल संघ (PAN) द्वारा आयोजित विशेष कार्यक्रममा मरिण गाउँपालिकालाई बागमती प्रदेशकै उत्कृष्ट गाउँपालिकाको सम्मान प्रदान गरिएको हो।
प्रमाणपत्रमा उल्लेख गरिएअनुसार, गाउँपालिकाको शैक्षिक उत्कृष्टता, नवप्रवर्तनात्मक कार्यक्रमहरूको सञ्चालन, र विद्यार्थी–केन्द्रित सहयोगले समुदाय र विद्यार्थीहरूमा सकारात्मक प्रभाव पारेको उल्लेख गरिएको छ।

सम्मान समारोहमा प्रमुख अतिथिको रूपमा सहभागी हुनु भएका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय रघुजी पन्त र PAN अध्यक्ष सुदाम प्रसाद गौतम ले मरिण गाउँपालिकाको प्रयासको प्रशंसा गर्दै प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो।

सम्मानसँगै गाउँपालिकाले भावी दिनहरूमा झनै सशक्त शैक्षिक कार्यक्रमहरू अघि बढाउने प्रतिबद्धता जनाएको छ।

२०८२ साल जेठ २३ गते प्रदान गरिएको यस सम्मानले गाउँपालिका क्षेत्रका अन्य पालिकाहरूलाई पनि प्रेरणा दिने विश्वास लिइएको छ।

 

Post a Comment

0 Comments

Clients

ICT COMPUTER TRAINING CENTER

MARIN MULTIPLE CAMPUS

MARIN KHAYARSAL SCHOOL

AAROHAN MEDICAL HALL

RADIO MARIN

Quick Links