hero_image

श्री मा.बी. मरिण खयरसालमा पहिलोपटक क्याप्टेन र भाइस क्याप्टेन निर्वाचन सम्पन्न

 

मरिण, सिन्धुली जेठ २५

श्री माध्यमिक विद्यालय मरिण खयरसालले मिति २०८२ साल जेठ २३ गते ऐतिहासिक कदम चाल्दै विद्यालयमा पहिलोपटक क्याप्टेन र भाइस क्याप्टेन चयन प्रक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ। विद्यार्थीहरूमा नेतृत्व विकास, लोकतान्त्रिक चेतना र उत्तरदायित्व बोध गराउने उद्देश्यसहित सुरु गरिएको यस प्रक्रियामा ६/६ जना उम्मेदवारहरूले क्याप्टेन र भाइस क्याप्टेन पदका लागि आफ्नो उम्मेदवारी दर्ता गरेका थिए।

मतदान प्रक्रिया शान्तिपूर्ण, निष्पक्ष र अत्यन्तै सभ्य वातावरणमा सम्पन्न भएको विद्यालय प्रशासनले जनाएको छ। विद्यार्थीहरूले उत्साहपूर्वक सहभागी जनाएका यस निर्वाचनमा कुल १२२ मत प्राप्त गरी पुष्पा मैनाली विद्यालय क्याप्टेन पदमा विजयी बन्न सफल भएकी छिन्। त्यस्तै, लासाङ घलान भाइस क्याप्टेन पदमा ११६ मत प्राप्त गरी निर्वाचित भएका छन्।

निर्वाचनले विद्यार्थीहरूमा नेतृत्व क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास विद्यालयले लिएको छ। नव-निर्वाचित क्याप्टेन र भाइस क्याप्टेनलाई विद्यालय परिवार, शिक्षकगण तथा सहपाठीहरूबाट शुभकामनाका साथ बधाई प्रकट गरिएको छ।

विद्यालयका प्रधानाध्यापकसहित शिक्षकगणले यस्तो लोकतान्त्रिक अभ्यासले विद्यार्थीहरूमा व्यवहारिक ज्ञान, जिम्मेवारीप्रतिको समझदारी र सहकार्यको भावना विकास गर्नेमा सकारात्मक प्रभाव पार्ने बताएका छन्।

Post a Comment

0 Comments

Clients

ICT COMPUTER TRAINING CENTER

MARIN MULTIPLE CAMPUS

MARIN KHAYARSAL SCHOOL

AAROHAN MEDICAL HALL

RADIO MARIN

Quick Links